काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले लाभांश घोषणा गरेकोछ । 

बैंकको बिहीबार बिहान ११ः३० बसेको संचालक समितिको ४२८ औं बैठकले आर्थिक २०७६/७७ को खूद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको १०ः४० प्रतिशत लाभांश(करसहित) वितरण गर्ने निर्णय गरेको हो । 

घोषित लाभांश अन्तर्गत बैंकले ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांश(करसहित) वितरणको प्रस्ताव गरेको हो । 

नेपाल राष्टबैंकको स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश वितरण हुनेछ । 

बैंकले गत वर्ष १६ प्रतिशत लाभांश वितरण गरेको थियो । कोभिड १९ का कारण बैंक तथा वित्तीय संस्थाहरुको विजिनेश चौपट भएको अवस्थामा समेत माछापुच्छ्रेले प्रस्ताव गरेको लाभांश सन्तोषजनक नै मान्नुपर्ने देखिन्छ ।