काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ५०० रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार सुनको भाउ तोलामै ९०० रुपैयाँको गिरावट आएको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। 

समग्रमा यो साता भने सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको छ। गत साता प्रतितोला फाइन गोल्ड ९६ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार रुपैयाँमा कारोबार भएको थियो। आज शुक्रबार भने गत साताको तुलनामा ५०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९७ हजार रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ५०० रुपैयाँ कायम भएको छ। 

आज चाँदीको भाउ १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँ घटेर चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो। 

समग्रमा यो साताभरि चाँदीको भाउ २० रुपैयाँले बढेको छ।