काठमाण्डौ । कार निर्माता कम्पनी भोल्सवागेनले आफ्नो पहिलो इलेक्ट्रिक एसयुभि,आइडि.फोर कार सार्वजनिक गरेको छ । कम्पनीले अमेरिकी बजारका लागि यो कार आफ्नो पहिलो लङ रेन्ज इलेक्ट्रिक कार भएको जनाएको छ । यसका साथै कम्पनीले यो कारलाई विद्युतीय सवारी साधनको समग्र ब्राण्डको महत्वपूर्ण हिस्सा भएको उल्लेख गरेको छ । 

भोल्सवागेनले आइडि फोरले अमेरिकामा एक समय सबैभन्दा चर्चित बनेको आफ्नो क्लासिक बिटल जस्तै प्रभाव छोड्ने विश्वास लिएको भोल्सवागेन गुप्र अफ अमेरिकाका सिईओ स्कट केगले बताए । भोल्सवागेनले सन् १९४९ देखि १९७७ सम्मको अवधिमा अमेरिकी बजारमा करीब ५० लाख युनिट बिटल्स् कार बिक्री गरेको थियो । 

आइडी फोरको सुरुवाती मूल्य करीब ४० हजार अमेरिकी डलर हुनेछ र यसमा विद्युतिय सवारी साधन खरीद गर्दा उपलब्ध हुने ७ हजार ५ सय फेडरल कर छुट समावेश गरिएको छैन । कर छुट गर्दा कारको मूल्य ३२ हजार ५ सय डलर हुनेछ । भोल्सवागेनले अमेरिकामा सन् २०२२ मा आइडि फोरको उत्पादन सुरुभएसँगै यसको मूल्य घटेर ३५ हजार डलरको हाराहारीमा पुग्ने अनुमान लगाएको छ । तर अहिलेका लागि भने यो एसयुभि जर्मनीमा उत्पादन हुनेछ । 

आइडि फोरको सुरुवाती मूल्य टोयोटा आरएभिफोर र होन्डा सिआर–भि को भन्दा धेरै रहेको छ । तर यसको मूल्य यि बेष्टसेलिङ एसयुभिहरुको अपडेटेड भर्जन बराबर रहेको छ । 

आइडि फोर भोल्सवागेनको ग्यासोलिन कम्प्याक्ट यसयुभि टिगुआन भन्दा केहि सानो रहेको छ । तर यसको इन्टेरियर स्पेसभने टिगुआनकै बराबर रहेको छ । आइडि फोरको इलेक्ट्रिक मोटर र ब्याट्रिहरुले कम स्पेस ओगटेका कारण यस्तो भएको कम्पनीले जनाएको छ । 

सुरुवातीमा आइडि फोर २०१ हर्स पावर रियर ह्विल ड्राइभ भर्जनका साथ उपलब्ध हुनेछ । सुरुवाति ४४ हजार मूल्यका साथ यसको स्पेशल “फस्ट इडिसन” मोडलहरुको ड्राइभीङ रेन्ज २५० माइल्स हुने कम्पनीले जनाएको छ । सन् २०२१ मा कम्पनीले ३०२ हर्स पावर अल–ह्विल–ड्राइभ मोडल  बिक्री गर्न सुरु गर्नेछ । टेस्ला मोडल वाई र मुस्ट्याङ माच–ई जस्ता केहि अन्य इलेक्ट्रिक एसयुभि जस्तो आइडि फोरको “फ्रन्क” वा फ्रन्ट ट्रंक छैन । भोल्सवागेनले ग्यासोलिन इन्जिनको अभावमा खालि भएको ठाउलाई हाउस एअर कन्डिीस्निङ मेसिनरीको रुपमा प्रयोग गर्न सकिने जनाएको छ । 

आइडि फोरको उत्पादन गत महिनादेखि भोल्गवागेनको जर्मनीमा अवस्थीत जुइककाउमा रहेको कारखानामा सुरु भएको थियो । अर्काे वर्षको सुरुवातमा यसको उत्पादन कम्पनीको अमेरिकाको चाटाङअुगा टेनिसीमा रहेको कारखानामा सुरु हुनेछ । त्यसपश्चात यसको उत्पादन चीनमा रहेका दुईवटा काराखाना र युरोपमा रहेको एउटा कारखानामा पनि सुचारु गरिनेछ । 

-सिएनएनबाट