काठमाण्डौ । नयाँ वर्षको उपलक्ष्य पारेर राजधानीको मुटु जमलमा रहेको विश्वज्योति मलमा मोबाइल मार्ट सञ्चालनमा आएको छ । 

पछिल्लो समय मोबाइल प्रयोगकर्ताको संख्या बढ्दै गर्दा एकै छानामुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने लक्ष्यका साथ ‘विश्वज्योती मोबाइल मार्ट’ सञ्चालनमा आएको हो । सोही अवसरमा मार्टले १० दिने मोबाइल महोत्सव पनि सुरु गरेको छ । 

बुधबार एक कार्यक्रमका बीच मोबाइल मार्ट तथा महोत्सवको औपचारिक सुरुवात गरिएको हो । आधादर्जन बढी ब्राण्डका मोबाइल कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले मोबाइल मार्टको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

मार्ट स्थापना तथा नयाँ वर्षको अवसरमा सुरु गरिएको मोबाइल महोत्सवमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पाइने सुविधा दिइएको छ । साथै महोत्सव अवधिभर निशु्ल्क मोबाइल सर्भिसिङ गर्ने व्यवस्था मिलाएको मार्टले नयाँ मोबाइलको खरीदमा ७ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । 

मोबाइल मार्टका अध्यक्ष प्रकाश महर्जनले एउटै छानाबाट धेरै ब्राण्डका मोबाइल बिक्री बितरण गर्दै ती ब्राण्डका मोबाइलको सर्भिसिङ पनि सोही स्थानबाट दिन लागिएको बताए । ‘मोबाइल खरिद गर्न चाहनेलाई धेरै भन्दा धेरै विकल्प एकै साथनमा दिने हाम्रो लक्ष्य हो । महोत्सव अवधिमा हामीले पुरानो मोबाइल साट्ने, निशुल्क मोबाइल मर्मतको अफरका साथै भारी छुटको व्यवस्था गरेका छौं ।’,उनले भने । 

महोत्सव अवधिमा १० हजार रुपैंयाभन्दा बढीको सामान गरिद गर्ने उपभोक्तालाई हात खाली नजाने उपहारको पनि व्यवस्था गरिएको छ । साथै, एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई महोत्सव अवधिभर मोबाइल खरिदमा विशेष छुटका साथै अफरको पनि व्यवस्था मोबाइल मार्टले गरेको छ । बुधबारदेखि सुरु भएको मोबाइल महोत्सव १० दिनसम्म चल्नेछ ।

बुधबारदेखि सञ्चालनमा आएको मार्टमा जेडटीई, लाभा, जियोनी, लेनोभो, इन फोकस, ओप्पो, साओमी, कुल प्याड, सामसङ, ओभिआई लगायत एकदर्जन बढी ब्राण्डका आधिकारिक बिक्री केन्द्रहरु रहेका छन् । विश्वज्योती मलको तेस्रो तल्लामा रहेको मोबाइल मार्टमा सेवाग्राहीले महोत्सवपछि पनि मोबाइल मर्मतको सुविधा पाउनेछन् । यसबाट मोबाइल किन्न तथा मर्मत गर्न विभिन्न स्थानमा भौंतारिनुपर्ने बाध्यताबाट सेवाग्राहीले राहात पाउने विश्वास लिइएको छ ।