काठमाण्डौ । नयाँ वर्षको उपलक्ष्य पारेर राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा सुरु भएको मोबाइल महोत्सव बैशाख महिनाभरि सञ्चालन हुने भएको छ । 

एकै छानामुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने लक्ष्यका साथ सञ्चालनमा आएको मोबाइल मार्टमा महोत्सव अवधिमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न सकिने सुविधा उपलब्ध छ ।

विश्वज्योति मोबाइल मार्टले गत चैत ३१ गतेदेखि १० दिनसम्म मोबाइल महोत्सव सुरु गरेको थियो । सेवाग्राहीको चाप नघटेका कारण महोत्सवलाई बैशाख महिनाभरि सञ्चालन गर्न लागिएको मोबाइल मार्टका अध्यक्ष प्रकाश मजर्हजनले जानकारी दिए । 

साथै, महोत्सव अवधिभर निशु्ल्क मोबाइल सर्भिसिङ गर्ने व्यवस्था मिलाएको मार्टले नयाँ मोबाइलको खरिदमा सातदेखि ४० प्रतिशतसम्म छुटको व्यवस्था पनि गरेको छ । 

महोत्सव अवधिमा १० हजार रुपैंया भन्दा बढीको सामान गरिद गर्ने उपभोक्तालाई हात खाली नजाने उपहारको पनि व्यवस्था गरिएको छ । साथै एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई महोत्सव अवधिभर मोबाइल खरिदमा विशेष छुटका साथै अफरको पनि व्यवस्था छ । 

मोबाइल मार्टमा जेडटीई, लाभा, जियोनी, लेनोभो, इन फोकस, ओप्पो, साओमी, कुल प्याड, सामसुंग, ओभिआई लगायत एक दर्जन बढी ब्राण्डका आधिकारिक बिक्री केन्द्रहरु रहेका छन् । 

विश्वज्योती मलको तेस्रो तल्लामा रहेको मोबाइल मार्टमा सेवाग्राहीले महोत्सव पछि पनि मोबाइल मर्मतको सुविधा पाउनेछन् । यसबाट मोबाइल किन्न तथा मर्मत गर्न विभिन्न स्थानमा भौंतारिनुपर्ने अहिलेको बाध्यताबाट सेवाग्राहीले राहात पाउने विश्वास मोबाइल मार्टले लिएको छ ।