चितवन । उमेदवारी दर्ता गराउने दिनसम्म कांग्रेसको तर्फबाट मेयर, उपमेयरको टुंगो लागिसकेको थिएन । प्रवल दावेदार काठमाडौंमा नै थिए ।

सडकबाट आउँदा समय घर्किसक्थ्यो भने हवाइ मार्गको भर थिएन । तर, कांग्रेसका उम्मेदवारहरु काठमाडौंबाट हेलिकप्टरमा भरतपुर ओर्लिए ।

सोमबार साँझसम्म भरतपुर मेयरमा मिलनबाबु श्रेष्ठ र उपमेयरमा मिना खरेलको चर्चा चुलिएको थियो ।

तर हेलिकप्टरबाट ओर्लिएका दिनेश कोइरालाले मेयरमा र पार्वती शाहले उपमेयरमा मनोनयन दर्ता गराए । अघिल्लो साँझ मिलनबाबु श्रेष्ठले नै हेलिकप्टर बुक गराएका थिए । यो खबर आजको नागरिकमा छापिएको छ ।