काठमाण्डौ । प्रमुख दलहरुले स्थानीय तहको निर्वाचनका उम्मेदवारहरुले निर्वाचन खर्च स्थानीय तहबाटै परिचालन गर्नुपर्ने नीति अख्तियार गरेका छन् ।

तैपनि निर्वाचन जित्ने सम्भावना बढी भएका उम्मेदवारलाई केन्द्रले ‘टोकन मनी’ पठाउने प्रायः प्रमुख दलको आन्तरिक गृहकार्य छ ।

कांग्रेसले झन्डा, घोषणापत्र र टोकन मनी पठाउँदै छ । निर्वाचन खर्च व्यवस्थापनका लागि कांग्रेसले कोषाध्यक्ष सीतादेवी यादवको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ ।

एमालेले स्थानीय रुपमै खर्च जोहो गर्न निर्देशन दिएको छ । एमालेले केन्द्रबाट घोषणापत्र मात्रै पठाउँदैछ ।

माओवादी केन्द्रले अवस्था हेरेर उम्मेदवारलाई सहयोग गर्दैछ ।

राप्रपा र फोरम लोकतान्त्रिकले जिल्ला तथा क्षेत्रीय तहलाई आफैं खर्च उठाउन निर्देशन दिइसकेको छ । यो खबर आजको नागरिकमा छापिएको छ ।