काठमाण्डौ । स्थानीय तह निर्वाचनका कारण सिंहदरबार परिसर सुनसान देखिन थालेको छ । सिंहदरबारभित्र रहेका मन्त्रालयमा विभिन्न कामका लागि आउने सेवाग्राही र सेवा दिने कर्मचारी दुवैलाई चुनाव लागेका कारण यस्तो अवस्था देखिएको हो ।

बिहीबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सुनसान देखिन्थ्यो । मन्त्रालयभित्र कर्मचारी थोरै देखिन्थे । उपस्थित कर्मचारी पनि फुर्सदमै देखिन्थे । मन्त्री कमल थापा सरकारबाट बाहिरिएपछि मन्त्रालय मन्त्रीविहीन छ ।

मन्त्रालयका उपसचिव, सहसचिव चुनावका लागि खटिइसकेका छन् । त्यसैले मन्त्रालयमा भीड हटेको एक कर्मचारीले बताए । यो खबर आजको नागरिकमा छापिएको छ ।