काठमाण्डौ । ग्लोबल आइएमई बैंकले काठमाण्डौको नयाँबानेश्वरमा आफ्नो नयाँ एटिएम सेवा थप गरेको छ ।

नयाँ बानेश्वर क्षेत्रका ग्राहकलाई लक्षित गरी बैंकले नयाँ बानेश्वरको ATM Lounge मा आफ्नो एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १०७ पुगेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९४ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर, १०७ वटा एटिएम, ४४ वटा  शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ६ लाख भन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।