काठमाण्डौ । स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको अवस्थामा बिहीबारको संसद बैठक एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्र पाण्डेले सरकारले शक्तिको दुरुपयोग गरी ठाउँ ठाउँमा बुुथ कब्जा गरी धादँली गरेको भन्दै छानबिनको माग गरेका छन् । उनको यो माग त्यत्तिकै आएको होइन भन्ने एउटा भिडियो प्रमाण फेला परेको छ । जहाँ माओवादी र कांग्रेसले सहकार्य गरेका क्षेत्रमा प्रशासनको समेत सहयोगमा हुलदंगा मच्चाई बुुथ कब्जा गरिएको प्रष्ट देखिएको छ । 

स्थानीय निर्वाचनको क्रममा दोलखामा माओवादी र कांग्रेस कार्यकर्ताले बुुथ कब्जा गरेको भिडियो फेला परेको हो । दोलखाका सबै स्थानीय तहमा माओवादी र कांग्रेसले चुनावी तालमेल गरेका थिए । 

भिडियोमा मतदातालाई मतदान केन्द्रसम्म आउन नदिन कांग्रेस र माओवादी कार्यकर्ता र प्रहरी प्रयोग गरेको देखिन्छ । सत्तारुढ दलका केही कार्यकर्ता मतपत्रमा छाप लगाउने, पट्याउने र बाकसमा हाल्ने काममा सक्रिय रहेका समेत भिडियोमा देखिएको छ । एमालेले माग गरेजस्तो के यी भिडियो प्रमाणको आधारमा धाँदली भएका वा बुुथ कब्जा गरिएको भनिएका क्षेत्रहरुको गडबडीको बिषयमा छानबिन होला ?

हेर्नुहोस् भिडियोहरु :