काठमाण्डौ । नेपाल आयाल निगमले कर्मचारीलाई बोनस बाँडन सबा दुई अर्ब रुपैंया विनियोजन गरेको छ । निरन्तर घाटामा रहेको निगमले विभिन्न बैंक तथा वित्तीय संस्था तथा सरकारसंगको ३६ अर्ब रुपैंया ऋण तिरेर खुद मुनाफा कमाएपछि बोनस बाँडन रकम छुट्याएको हो ।

निगम साधारणसभाले आर्थिक वर्ष ०७२/०७३ सम्म कर्मचारीलाई बोनस वितरण गर्न विनियोजन गरिएको दुई अर्ब २६ करोड १७ लाख ६१ हजार रुपैंया अनुमोदन गरेको छ ।

बोनस ऐनमा संस्थान नाफामा गएपछि कर्मचारीले कुल नाफाको ६ प्रतिशत वा तीन महिनाको तलबबराबरको बोनस खान पाइने ब्यवस्था छ । निगमले इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन) र ग्यास बेचेर नाफा कमाएको हो । निगम नाफामा गएपछि बोनस खाने बाटो खुलेको हो । यो खबर आजको नागरिकमा छापिएको छ।