काठमाण्डौ । देशकै पुरानो काठमाण्डौ महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार करिब ९ हजार मत अन्तरले अगाडि बढेका छन् । 

एमालेको तर्फबाट मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले २९ हजार १ सय २९ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका राजुुराज जोशीले २० हजार ३ सय ६८ मतले पछ्याइरहेका छन् । तेश्रो स्थानमा रहेकी रञ्जुु दर्शनाले ११ हजार २ सय ५७ र चौथो स्थानका साझा पार्टीका किशोर थापाले ८ हजार ५ सय २३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कांग्रेसका उम्मेद्वार हरिप्रभा खड्गीले २६ हजार ४ सय १७ मत प्राप्त गरेकी छिन् भने उनलाई राप्रपाका राजाराम श्रेष्ठले १६ हजार ८ सय २३ मतले पछ्याइरहेका छन् । 

यो परिणाम आउँदासम्म काठमाण्डौको कुल ८८ हजार २ सय ९१ मत गणना गरिसकिएको निर्वाचन आयोगले जनाएको छ ।