काठमाण्डौ । उम्मेद्वारी दिंदासम्म जमानत जफत हुने कतिपयबाट आँकलन गरिएकी विवेकशील पार्टीकी रञ्जुु दर्शनाले काठमाण्डौ महानगरको मेयर पदमा हालसम्म १२.७ प्रतिशत मत प्राप्त गरिसकेकी छिन् । 

कुल खसेको मतको १० प्रतिशत भन्दा कम मत आउने उम्मेद्वारको जमानत जफत हुने व्यवस्था छ । यो हिसाबले रञ्जुु दर्शनाले पाएको मतलाई निकै सम्मानजनक मान्न सकिन्छ । हालसम्म रञ्जुुले १२ हजार २ सय २१ मत पाएकी छिन् । 

काठमाण्डौ महानगरको ९६ हजार मत गणना भइसक्दा साझा पार्टीका मेयरका उम्मेद्वार किशोर थापाले ९.५ प्रतिशत मात्र मत प्राप्त गरेका छन् । उनको हालसम्म ९ हजार १ सय ८४ मत आएको छ । 

माओवादी केन्द्रको चाहि काठमाण्डौमा जमानत जफत हुने देखिएको छ । हालसम्म यो पार्टीका मेयरका उम्मेद्वार सर्वोत्तम डंगोलले ३४ सयको हाराहारीमा मात्र मत ल्याएका छन् । हुन त उनले यसअघि नै आफ्नो तथा पार्टीको काठमाण्डौमा हार स्वीकार गरिसकेका छन् । 

साढे ३ बजेको मतअपडेट अनुसार काठमाण्डौ महानगरमा एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले ९ हजार मतको अग्रता लिएका छन् । उनले हालसम्म ३१ हजार १ सय ६७ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका राजुुराज जोशीको हालसम्म २२ हजार २ सय ८० मत मात्र आएको छ ।