काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार एमालेको अग्रता अझ फराकिलो बन्दै गएको छ । 

एमालेको तर्फबाट मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले ३३ हजार ३ सय ९५ मत ल्याएका छन् । कांग्रेसका राजुराज जोशीले २३ हजार ९ सय ३४ मतले पछ्याइरहेका छन् । कांग्रेस भन्दा एमालेको मत अन्तर करिब १० हजार पुुगेपछि अब औपचारिक रुपमा कांग्रेसले हार स्वीकार्न मात्र बाँकी रहेको विश्लेषकहरु बताउँछन् । 

तेश्रो स्थानमा टिकिरहेकी विवेकशीलकी रञ्जुु दर्शनाले १२ हजार ८ सय ३३ मत ल्याएकी छिन् भने चौथो स्थानमा रहेका साझा पार्टीका किशोर थापाले ९ हजार ७ सय ७ मत प्राप्त गरेका छन् ।