काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौमा नेकपा एमाले जित नजिक पुुगेको छ । 

यहाँ जारी स्थानीय निकाय निर्वाचनको मतगणनाको पछिल्लो अपडेट अनुसार एमालेले करिब ११ हजार मतले अग्रता लिएको छ । 

१ लाख २० हजार बढी मत गन्दा एमालेको तर्फबाट मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले ३८ हजार ९ सय ५५ मत ल्याएका छन् । उनलाई कांग्रेसका राजुुराज जोशीले २७ हजार ८ सय ७९ मतले पछ्याइरहेका छन् । तेश्रोस्थानमा रहेकी विवेकशीलकी रञ्जुु दर्शनाले १४ हजार ४ सय ९९ मत ल्याएकी छिन् । चौथो स्थानमा रहेका साझाका किशोर थापाले ११ हजार १० मत ल्याएका छन्।