काठमाण्डौ । सिभिल बैंक लिमिटेडका बचतकर्ता एक बचतकर्ताको निधन भएपछि बचत बिमा रकम बापतको ५ लाख रुपैयाँ उनको परिवारलाई दिइएको छ । 

काठमाण्डौं बौद्घ निवासी भाले शेर्पा सवारी दुर्घटनामा परी निधन भएपछि उनका हकवाला छोरी लाबूटी शेर्पालाई निक्षेप वचत बीमा रकम वापत रु ५ लाख प्रदान गरिएको बैंकले जनाएको छ । 

सो बिमा रकम शुक्रबार एक कार्यक्रमबीच बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले हस्तान्तरण गरेका थिए । बैंकले अन्य ग्राहकहरुको पनि निक्षेप बीमा गर्दै आएको छ ।