काठमाण्डौ । सरकारले कोटेश्वरदेखि भक्तपुरको सूूर्यविनायकसम्म सुरुंगमार्ग निर्माणको घोषणा गरेको छ । 

साबिकको सडकमार्गको विकल्पको रुपमा सुुरुंगमार्ग निर्माणको योजना अगाडि सारिएको हो । 

यस्तै, सरकारले सीतापाइला–नौबिसे सुरुङमार्ग निर्माणका लागि बजेट नै छुट्याएको छ । यसका लागि ५ अर्ब ९४ करोड बजेट छुुट्याइएको अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए । 

सरकारले बुटवल–नारायणगढ सडकलाई ४ लेनमा बिस्तार गर्न ७ अर्ब ११ करोड बजेट विनियोजन गरेको छ । यस्तै, धरान–चतरा–हेटौडा सडकका लागि १३ अर्ब छुट्याइएको छ । 

यस्तै, सरकारले काठमाण्डौको एकमात्र अन्तराष्ट्रिय विमानस्थल बिस्तारको घोषणा समेत गरेका छन् । विमानस्थलको धावनमार्ग र ट्याक्सी पार्क बिस्तार हुनेछ ।