काठमाण्डौ । निर्वाचन आयोगले चुनाव प्रचार क्रममा राजनीतिक दल र उम्मेदवारका चिह्नअंकित टिसर्ट, टोपी र झोला वितरण कार्य तत्काल रोक्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ।

दल र उम्मेदवारका चिन्हअंकित टिसर्ट टोपी र झोला वितरण कार्य निर्वाचन आचारसंहिताविपरीत हुनेतर्फ आयोगले सम्बन्धित दल र उम्मेदवारको ध्यानाकर्ष पनि गरेको छ । यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।