काठमाण्डौ । पोखरामा प्याराग्लाइडिङ सिक्ने क्रममा एक युवकको दुर्घटनामा परी मृत्यु भएको छ । 

स्याङ्जा प्रहरीकाअनुसार पोखरा उपमहानगरपालिका वडानम्बर ६ लेकसाइडका २५ वर्षीय शैलेश पहारीको मृत्यु भएको हो । 

शुक्रबार दिउँसो करिब २ः३० बजेको समयमा स्वरेक मैदानबाट एक्लै प्यराग्लाइडिङ गरेका पहारी अनियन्त्रित भई रुखमा ठोक्किन पुग्दा दुर्घटनामा परेका र उनको उद्धार गरी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

पोखराको ब्लु स्काई प्याराग्लाइडिङ कम्पनीबाट १५ दिने कोर्स सिक्दै गरेका पहारीको प्रशिक्षणको क्रममा दुर्घटनामा परी मृत्यु भएको बताइएको छ । 

१५ दिने प्रशिक्षणको क्रममा १२ औं दिनमा स्वरोक मैदानबाट प्याराग्लाइडिङ गर्दा दुर्घटना भएको हो ।