काठमाण्डौ । एमालेको पकड क्षेत्रको रुपमा चिनिएको मोरंगको सुन्दरहरैंचा नगरपालिकामा कांग्रेसले मेयर पदमा फराकिलो अग्रता बनाएको छ । 

राति ११ बजेको मतपरिणामअनुसार कांग्रेसको तर्फबाट मेयर पदका उम्मेद्वार शिव ढकालले ८२०८ मत पाएका छन् । उनलाई एमालेका मेयर पदका उम्मेद्वारले ७६०९ मतले पछ्याइरहेका छन् । 

उपमेयरमा एमाले उम्मेद्वारको अग्रता छ । एमालेले उपमेयरमा ७५५५ मत ल्याउँदा कांग्रेसले ६२९१ मतले पछ्याइरहेको छ । माओवादी केन्द्रले मेयरमा १३६६ मत ल्याएको छ भने उपमेयरमा ३४१४ मत प्राप्त गरेको छ ।