काठमाण्डौ । राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुले विपन्न वर्गमा प्रवाह गर्नुपर्ने ५ प्रतिशत कर्जामध्ये २ प्रतिशत प्रत्यक्ष लगानी गर्नुपर्ने पूर्ववतः निर्णय खारेज गरेसँगै फेरि लघुवित्त संस्थाहरुको दिन फिरेका छन् । तपाई पनि लघुवित्त संस्थाको सेयरमा लगानी गरेर राम्रो रिटर्न पाउन चाहनुुहुन्छ भने सामुदायिक लघुवित्त बित्तीय संस्थाले ३ करोड बराबरको साधारण सेयर निश्कासन गर्दैछ । 

यो संस्थाले ३ करोड बराबरको ३ लाख कित्ता साधारण सेयर निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । यो संस्थाले आइपीओ निश्कासनको स्वीकृति पाएसँगै सर्वसाधारणका लागि बिक्री खुल्ला गर्नेछ ।

यो लघुवित्त कम्पनीले आइपीओ निश्कासनका लागि एनएमबी क्यापिटल लिमीटेड र एसबीआई मर्चेन्ट बैकिंग लिमीटेडलाई बिक्री प्रबन्धक तोकेको छ । 

यो माइक्रोफाइनान्स कम्पनी २०७० सालबाट संचालनमा आएको हो । हाल यसले ३२ वटा शाखाबाट आफ्नो सेवा प्रवाह गरिरहेको छ ।