बेसीसहर  । लमजुङमा गाईभैंसीलाई पनि सत्केरी भत्ता दिन थालिएको छ ।

पुश स्याहारका लागि प्रदान गरिएको यो सुत्केरी भत्तदाले किसानलाई खुसी बनाएको छ । 

जिल्ला पशु सेवा कार्यालय लमजुङले जिल्लाका ५० वटा गाईभैंसीलाई दुई हजार पाँच सय रुपियाँका दरले सुत्केरी भत्ता दिएको हो । 

आ.ब. २०७३, ७४ मा पहिलोपटक ५० वटा गाईभैंसीले यस्तो सुविधा पाएका हुन् । 

आफ्नोगोठमा उत्पादन गरिएको उन्नत नश्लको बाच्छी वा पाडीको पहिलो बेतमा सुत्केरी भत्ता दिइएको हो । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।