काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको जम्बो टोली तालिम तथा अवलोकन भ्रमणका लागि ईटली पुगेको छ । 

ईटालीको टुसिया विश्वविद्यालयद्धारा आयोजित सस्टेनवल ईरिगेसन विथ ईमसस् िअन माउन्टेन ईरिगेसन सिस्टम विषयक १४ दिने तालिम तथा अवलोकन कार्यक्रममा सहभागी हुन एकै मन्त्रालयका ३७ कर्मचारी त्यसतर्फ गएका हुन् । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।