काठमाण्डौ । नेपाल वायु सेवा निगमका उच्च अधिकारीहरुको मिलेमतो मा विज्ञताको नाम दिएर पाईलट आङ्नुरी शेर्पालाई प्रतिमहिना १० लाख रुपैयाँ तलब दिएको खुलाशा भएको छ । 

विज्ञ भन्दै नवौँ तहमा वरिष्ठ क्याप्टेनका रुपमा नियुक्त गरिएको शेर्पाले अहिले आन्तरिक सेवामा रहेको १७ सिटे चिनियाँ जहाज वाई १२ ई उडाउँदै आएका छन् ।

उनीजस्तै यह जहाज उडाउने अन्य पाईलटलाई भने निगमले मासिक १ लाख ८० हजार रुपैयाँसम्म तलब दिएको छ । यो खबर आजको नागरिकमा छापिएको छ ।