काठमाण्डौ । पर्यटनका लागि सुन्दर नगरी पोखरा पुगेका संसारभरका नागरिकहरु सराङकोट नपुगी फर्किए भने उनीहरु अधुरै रहन्छन् । बाहिरबाट सबैले चिनेको सराङ्गकोटको भित्री अन्तर्य संसारभर फैलाउने उद्देश्यले फेरि एकपटक सराङ्गकोट महोत्सव हुने भएको छ । 

'तेस्रो सराङ्गकोट पर्यटन महोत्सव' आगामी भदौ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको हो।

सराङ्गकोट टोल विकास संस्थाको मुुख्य आयोजना तथा सराङ्गकोट समाज सेवा युवाक्लब, स्मृति युवा क्लब र सराङ्गकोट पर्यटन विकास समितिको सह आयोजनामा महोत्सव हुन लागेको हो । 

महोत्सव अवधिमा रत्यौली प्रतियोगिता हुने, सांस्कृतिक भेषभूूषा तथा बाजागाजाको प्रदर्शन, पर्यटक दौड प्रतियोगिता, मौलिक झाँकी प्रदर्शन, बालउद्यान, दुना टपरी गाँस्ने प्रतियोगिता, प्याराग्लाइडिङ, जिप फ्लायर लगायत खेलतमासाहरु रहनेछन् । 

मौलिक कला तथा संस्कृति र सराङ्गकोटको पहिचानलाई संसारभर फैलाउनु महोत्सवको उद्देश्य रहेको आयोजकले जानकारी दिए ।