काठमाण्डौ । अबिरल वर्षापछि स्थानीय खोलाहरुमा आएको बाढी तथा ढल निकासको उचित प्रबन्ध नहुँदा पानीको भेल मानव बस्तीमा पस्दा देशभर त्रास फैलिएको छ । 

पूर्वी नेपालका इटहरी, विराटनगर लगायतका क्षेत्रमा बाढीपहिरोको निकै ठूलो बितण्डा मच्चिएको छ । हालसम्म यी क्षेत्रमा बाढीले बगाएर ७ जनाको मृत्यु भएको छ भने एकदर्जन बढी हराइरहेका छन् । 

सयौं परिवार घरबारविहीन भएका छन् । सयौं चौपायालाई समेत बाढीले बगाएको छ । योसँगै यी क्षेत्रमा करोडौंको क्षति भएको छ । 

अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका अन्य क्षेत्रमा समेत बितण्डा मच्चिएको छ । यो खबर तयार पार्दासम्म देशका विभिन्न जिल्लामा २३ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार अहिलेसम्म बाढी र पहिरोमा परेर २३ जनाको ज्यान गएको छ भने चार जना हराइरहेका छन् । अहिलेसम्मको विवरण अनुसार सुनसरीमा ६, सिन्धुलीमा ४, बाँकेमा ४, झापामा १ र मोरङमा १ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै पाँचथरमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको थियो ।

पूर्वी नेपालको सुनसरी-मोरंग औद्योगिक करिडरका ५ सय बढी उद्योगहरु डूूबानमा परेका छन् । पानीको भेलले उद्योगहरु भरिएपछि उत्पादन ठप्प भएका छन् । दुहबीस्थित विद्युत प्राधिकरणको सव स्टेसनमा पानीले भरिएपछि केही दिनसम्म यो क्षेत्रमा ब्लयाकआउट हुनसक्ने चिन्ता व्यक्त गर्न थालिएको छ। 

हामीले फेसबुुकमा विभिन्न क्षेत्रका बासिन्दाले पोस्ट गरेका फोटोहरुलाई संकलन गरेर यहाँ राखेका छौ ।

हेरौं, बाढी पहिरोका एक्सक्लूसिभ ६० फोटोहरु: