काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनललाई नेपाल राष्ट्रबैंकले १६ प्रतिशत बोनस सेयर वितरणको स्वीकृति दिएको छ । 

यो बैंकको गत भदौ १ गते बसेको २४२ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । 

अब यो बैंकको आगामी वार्षिक साधारणसभाबाट समेत यो प्रस्ताव पारित भएपछि सेयरधनीले घोषित बोनस पाउनेछन् । 

यो बैंकले आगामी असोज ९ गते आफ्नो ११ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । भदौ १२ गतेसम्म कायम सेयरधनीले मात्र घोषित बोनस र साधारणसभामा सहभागी हुन पाउनेछन् । 

आर्थिक वर्ष ०७३/७४ मा यो बैंकले १ अर्ब २० करोड खूद नाफा कमाएको थियो । हाल यो बैंकको चुक्तापूँजी ६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनसको पूँजीकरणपछि बैंकको चुक्तापूँजी सुविधाजनक हिसाबले ८ अर्ब पुुग्नेछ ।