काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्सको नेपाल अफिसले बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी ज्योत्सना योगीलाई न्यू फेस अफ सामसङको कदर प्रदान गरेको छ । 

आइएमबिजका प्रमुख प्रणयरत्न स्थापितले पत्रकार सम्मेलनमार्फत उनलाई सो कदर प्रदान प्रदान गरेका हुन् । 

योगी नेपालकी स्थापित मोडल हुन् । उनले विभिन्न विज्ञापन, म्यूूजिक भिडियोहरु, पत्रपत्रिकाहरुका कभर पेज तथा नेपाली चलचित्रहरुमा आफूलाई प्रस्तुत गर्दै आएकी छिन् । उनका विभिन्न सोसल मिडियाहरुमा लाखौं फलोअर छन् । 

पत्रकार सम्मेलनमा स्थापितले भने–‘योगी गतिशील एवम् बहुमुखी प्रतिभाशाली महिला हुन् र उनमा ऊर्जा र उत्साह उत्तिकै रुपमा विद्यमान रहेको छ । आशा छ उनका यस्ता विशेषताहरु सामसङ ग्यालेक्सीका लागि पनि अवश्य प्रस्तुत हुनेछन् । उहाँसँगको सहकार्यमा हामी खुसी छौं।”