काठमाण्डौ । थाइल्याण्डबाट उत्पादन भएर विभिन्न देशहरुमा बिक्री–वितरण भइरहेको डार्लिङ म्याट्रेसलाई त्यहाँको सरकारले प्रधानमन्त्री निर्यात अवार्ड(प्राइम मिनिस्टर एक्सपोर्ट अवार्ड) २०१७ बाट सम्मान गरेको छ । 

डार्लिङ म्याट्रेसको आधिकारिक बिक्रेता फेसन फर्निसिङ प्रालिद्वारा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक अनिल महेश्वरीले सो जानकारी गराए ।

डार्लिङ म्याट्रेस नेपालमा अति नै रुचाइएको ब्राण्ड भएको तथा नेपालका उच्च घरानिया एवं पाँचतारे होटलहरु जस्तै,  सोल्टी होटल, हायात रिजेन्सी होटल, होटल अन्नपूर्ण, होटल र्याडिसन, टेम्पल ट्री, क्लब हिमालयन, होटेल अम्बासडर, होटेल माया मेनोर आदिमा प्रयोग भइरहेको जानकारी दिए । 

डार्लिङ म्याट्रेस प्रख्यात हुनुमा यसको आरामदायी विशेषता नै मुख्य कारण भएको बताइएको छ