काठमाण्डौ । नेपाल राष्ट्रबैंकले समस्याग्रस्त बैंक तथा बित्तीय संस्थाहरुलाई चुक्तापूँजी वृद्धिका लागि २ वर्षे सहुलियत दिने निर्णय गरेको छ । 

समस्याग्रस्त भई संकटमा फसेका र राष्ट्रबैंकको प्रयासमा ब्यूँतिएका बैंक तथा बित्तीय संस्थाहरुले २०७६ असार मसान्तभित्र तोकिएको चुक्तापूँजी पुर्याउनसक्ने सहुलियत पाउने भएका हुन् । 

केन्द्रीय बैंकले मंगलबार एक निर्देशन जारी गर्दै समस्याग्रस्त घोषणा भई ०७४ असार मसान्तसम्ममा समस्याग्रस्त अवस्थाबाट मुक्त भइसकेका बैंक तथा बित्तीय संस्थाहरुले यस्तो सुविधा पाउने प्रष्ट्याएको छ । 

राष्ट्रबैंकले जारी गरेको निर्देशन यस्तो छ: