काठमाण्डौ । फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान)ले आफ्नो रजतजयन्तीको अबसर पार्दै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट आउने र जाने गरी ५ हजार बढी स्वदेशी तथा बिदेशी यात्रुलाई पुष्पगुच्छा बितरण गरिएको छ । 

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा सम्पन्न पुष्प तथा पुष्पजन्य बस्तुहरुको प्रयोगका लागि जनचेतना जगाउने कार्यक्रममा पुष्प ब्यबसायीको बाक्लोे उपस्थिति थियो । 

स्वदेशमा उत्पादन हुने पुष्प तथा पुष्पजन्य बस्तुको प्रयोग गरौं र बताबरणलाई स्वच्छ राखौं भनेर सर्वसाधारणलाई जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । 

कार्यक्रममा गुलाब, जर्बेरा लगायतअन्य कटफ्लावरको गुच्छा प्रदान गर्दै यात्रुहरुलाई स्वागत गरिएको थियो । अन्ताराष्ट्रिय टर्मिनलमा ३ हजार र आन्तरिक टर्मिनलमा २ हजार यात्रुहरुलाई पुष्पगुच्छा प्रदान गरिएको थियो । पुष्पब्यबसायको बजार प्रबद्र्धन गर्न यस्तो किसिमको जनचेतनामूलक कार्यक्रमले व्यवसायीलाई फाइदा पुग्ने पुष्प व्यबसायी तथा ग्लोबल फ्लोराका अध्यक्ष सञ्जिव कार्कीले बताए । 

खुशी र दुःखको जुनसुकै बेलामा पनि प्रयोग गरिने पुष्पजन्य बस्तुहरुको प्रयोगलाई ब्यापक बनाउँदै नेपाली उत्पादनको प्रयोग अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ ।