काठमाण्डौ । इन्टरनेटका युवा प्रयोगकर्ताबीच आफ्नो सोंचसँग मिल्दोजुल्दो मानिसबीच इन्टरनेटमा तस्विर सेयरका लागि इन्स्टाग्राम निकै लोकप्रिय छ । तर, तपाईलाई थाहा नहुन सक्छ कि यो एपको सहयोगबाट पैसा समेत कमाउन सकिन्छ । 

सन् २०१२ मा फेसबुकले १८ महिने पुरानो यो एपलाई १० हजार २ सय ६४ करोड रुपैयाँमा खरीद गरेको थियो । यसको ठीक सात वर्षपछि इन्स्टाग्रामले ७०० मिलियन प्रयोगकर्तासँगै ट्वीटर र स्न्यापच्याटलाई समेत पछाडि पारिसकेको छ । 

नयाँ फोटो फिल्टर्स तथा इन्स्टाग्राम स्टोरिजले यो एपलाई इन्टरनेटमा आफ्नो सेवा बिक्री गर्नेहरुका लागि निकै धेरै उपयोगी बनाइदिएको छ । 

आउनुहोस्, यस्ता केही विधिको बिषयमा जानौं, जसको माध्यमबाट तपाईले इन्स्टाग्राममा आफ्नो सेवा बिक्री गर्न सक्नुुहुन्छ र पैसा पनि कमाउन सकिन्छ:

१.इन्स्टाग्रामलाई बनाउनुहोस् बिजिनेश कार्ड
फेशन स्टाइलिस्टको रुपमा काम गर्ने डोना मेकलेक भन्छिन्–‘इन्स्टाग्राम तपाईको दोकान जस्तै हो । मानिस अब तपाईको बिजिनेश कार्ड होइन कि इन्स्टाग्राम अकाउण्टको नाम सोध्न थालेका छन् । यो निकै तीव्र पनि छ । कारण, यो प्लेटफर्म निकै छिटो तपाईसँग जोडिन्छ । डोना इन्स्टाग्राममा सल्की डलको नामबाट आफ्नो ह्याण्डल चलाउँछिन् ।’ 

२.ह्यासट्याग हो तागत
इन्स्टाग्राममा उपलब्ध योग शिक्षक केट मफेनले एपको मद्धतले आफ्नो पहिलो ट्रेनिङ सेसन ५ दिनमै बिक्री गरिन् । मफेन भन्छिन्–‘मैले मात्र एउटा इन्स्टाग्राम पोस्टको सहयोगबाट आफ्नो पहिलो ट्रेनिङ सेसन बिक्रीपछि म निकै खुशी र उत्साहित छुु । यही नै इन्स्टाग्रामको तागत हो ।’ 

केटका अनुसार उनले इन्स्टाग्राममा आफ्नो तस्विरको साथमा ह्यासट्याग लेख्न कार्यमा एकघण्टा भन्दा बढी समय लगाउँछिन् । खासमा यदि केटको योगा ह्यासट्यागसँगै आफ्नो तस्विर सेयर गरिन् भने इन्स्टाग्रामका प्रयोगकर्ताले जब यो ह्यासट्यागलाई सर्च गर्छन् तब कयौ अन्य इन्स्टाग्राम यूजर्सको तस्विर समेत उनीहरुले देख्नेछन् । 

तर, डोनाले जस्तै यदि आउटफिट अफ द डे जस्ता खास ह्यासट्यागसँगै तस्विर सेयर गरियो भने प्रयोगकर्तासम्म डोनाको तस्विर धेरै संख्यामा पुुग्नेछ । 

३.इन्स्टाग्राम स्टोरिज, अहम विशेषता
इन्स्टाग्रामको स्टोरिज फिचर पनि फ्रीलान्सरबीच विशेष लोकप्रिय छ । यो फिचरको मद्धतले तपाईले इन्स्टाग्राममा आफ्नो एक छोटो भिडियो समेत पोस्ट गर्न सक्नुुहुन्छ, जुन २४ घण्टाको बीचमा आपसेआफ डिलिट हुन्छ । 

डोना र केट दुवैले यो फिचरको मद्धतले मानिसहरुबीच आफ्नो पहिचान स्थापित गर्ने कोशिश गरिरहेका छन् । 

इन्स्टाग्राममा फिल्टर्सको मद्धतले तस्विरलाई एडिट गरेर सेयर गर्न सकिन्छ । तर, जब स्टोरिजको मद्धतले तपाई मानिसबीच पुग्नुुहुन्छ, तब इन्स्टाग्राम प्रयोगकर्ताबीच तपाईप्रति एक विश्वास पैदा हुन्छ र किनभने यो फिचर्सको माध्यमबाट तपाई आफ्नो असली रुपमा मानिसबीच पुुग्नुुहुन्छ । 

४.कुनै खास थिममा इन्स्टाग्राम पोस्ट
इन्स्टाग्रामबाट पैसा कमाउने सबैभन्दा मुख्य कुरा यो हो कि तपाईको इन्स्टाग्राम ह्याण्डलमा कुनै खास थिमसँग जोडिएको तस्विर हुन आवश्यक छ । अर्थात, इन्स्टाग्राम प्रयोगकर्तालाई यो कुरा थाहा पाउन जरुरी हुन्छ कि उसले तपाईलाई किन फलो गर्ने भनेर । इन्स्टाग्राम विज्ञको रुपमा काम गर्ने फोटोग्राफर  डेनी कायको इन्स्टाग्रामका १ लाख ७३ हजार फलोअर छन् । काय भन्छन्–‘तपाईले प्रत्येक दिन इन्स्टाग्राममा तस्विर पोस्ट गरिरहनुु पर्दैन । कुनै पनि तस्विर जारी भएको २४ घण्टापछि सबैभन्दा धेरै इन्गेजमेन्ट हुन्छ, तर कुनै खास थिमसँग जोडेर तस्विर जारी गर्दा मात्र यसले फलोअर बढाउँछ ।’ 

५.इन्स्टाग्राममा बन्नुहोस् प्रभावशाली ह्याण्डल
इन्स्टाग्राममा पैसा कमाउने अर्को तरिकाको कुरा गर्ने हो भने तपाईले आफ्नो ह्याण्डललाई यति धेरै प्रभावशाली बनाउनुपर्छ कि कुनै विशेष क्षेत्रको कम्पनी तपाईको ह्याण्डलको मद्धतले आफ्ना ग्राहकसम्म पुुग्न सकोस् । 

कतिपय कम्पनीहरुले सोसल मिडियामा मौजुद युवा ग्राहकसम्म पुुग्नका लागि यस्ता इन्स्टाग्राम ह्याण्डल्ससँग सम्झौता समेत गर्ने गर्छन् । यस्तो सम्झौतापछि तपाईले कम्पनीको उत्पादनलाई इन्स्टाग्राममा प्रचार गर्नुपर्ने हुन्छ । तर, यस्तो काम गर्दा तपाईको ह्याण्डलको विश्वसनीयतामाथि समेत प्रश्न उठ्न सक्छ । 

डेनी कायको अनुुभवमा उनले १८ महिना पहिला मासिक तीन हजार पाउण्डसम्म आरामले कमाउँथे । 

यसरी हेर्दा इन्स्टाग्राममा पैसा कमाउने एक मात्र मन्त्र हो–तपाईले पैसा लिएर कसैको प्रचार गर्ने, तर त्यसका लागि पोस्ट र ह्यासट्यागलाई दमदार बनाउने ।
(बीबीसीबाट भावानुुवादित)