काठमाण्डौ । पति चल्तीका मन्त्री । पतिका कारण मन्त्राणीको पगरी गुुथ्ने पत्नी समेत मेयर भएपछि के चाहियो ? यस्तै भएको छ मन्त्री प्रभुु साहको परिवारमा । 

शहरी विकास मन्त्री प्रभूू साह माओवादीभित्रको पनि चल्तीका नेता हुन् । उनी मधेशमा समेत राम्रो पकड राख्नसक्ने नेताको रुपमा चिनिन्छन् । उनी मन्त्री पतिकी पत्नी रिनाकुमारी साह समेत प्रदेश नम्बर २ को पहिलो महिला मेयर बन्न सफल भएकी छिन् । 

रौतहटको मौलापुर नगरपालिकामा माओवादी केन्द्रबाट टिकट पाएकी रिनाकुमारीले बाजी मारेकी हुन् । उनले ३ हजार ९ सय १२ मत ल्याएर जित हासिल गरेकी हुन् । उनका निकटतम प्रतिदन्दी संघीय समाजवादी फोरमका रामएकवाल राय यादवले २ हजार २ सय ८ मत मात्र पाएका थिए । 

यसरी हेर्दा रिनाकुमारीले निकै शानदार जित हासिल गर्दै पतिको बीडो थामेकी छिन् । यो क्षेत्रमा उपमेयरमा समेत माओवादीका उम्मेद्वार गौरीशंकर प्रसाद विजयी भए । 

पति मन्त्री बनेको केही महिना नबित्दै पत्नीले समेत नगरपालिकाको सत्ता प्रमुखमा बाजी मारेपछि साह परिवारको यो वर्षको दशैं निकै हुने निश्चित देखिन्छ ।