काठमाण्डौ । राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा दशैं तिहार सुपर छुट अफर सुरु भएको छ । 

दशैं तथा तिहारलाई लक्षित गरी मलले असोज ३ गतेदेखि उपहार योजना सुरु गरेको हो । उपहार योजना अवधिभर विश्वज्योति मलमा सामान खरिद गर्ने सेवाग्राहीले उपहार नै उपहार पाउने मलले जनाएको छ ।

कात्तिक २५ गतेसम्म चल्ने उपहार योजना अवधिमा मलको कुनै पनि पसलमा एक हजार रुपैंया बराबरको सामान खरिद गर्ने सेवाग्राहीले उपहार कुपन प्राप्त गर्ने छन् । उक्त कुपनबाट मलले सेवाग्राहीलाई गोलाप्रथाबाट साप्ताहिक रुपमा विभिन्न किसिमका उपहार बितरण गर्ने जनाएको छ । साथै बम्पर उपहारमा मोटरसाइकल, स्कूटर तथा दुबई भ्रमणको अवसर प्रदान गरिने मलले जनाएको छ ।

मलका अनुसार साप्ताहिक रुपमा सेवाग्राहीले गोदरेज ब्राण्डका रेफ्रिजिरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा टिसिएल ब्राण्डको एलसिडि तथा एलईडि टेलिभिजन बितरण गरिनेछ । साथै पाँचहजार रुपैंयाको छुट कुपन तथा सिग्नेचरका तर्फबाट विशेष उपहार साप्ताहिक रुपमा बितरण गरिने कार्यक्रम संयोजक हिरामणि तिमल्सिनाले जानकारी दिए । 

बम्पर उपहारमा एक एक जनाले सुजुकीको जिक्स्चर मोटरसाइकल तथा लेट्स स्कूटर प्राप्त गर्ने छन् । त्यसैगरी बम्पर उपहार अन्तरगत चार रात पाँच दिनको दुबई भ्रमणको अवसर सेवाग्राहीले पाउने मलले जनाएको छ ।

एकै छानामुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्रीबितरण गर्ने लक्ष्यका साथ मलको तेस्रो तल्लामा विश्वज्योती मोबाइल मार्ट यसअघि नै सञ्चालनमा आइसकेको छ । यसका साथै मलमा पुरुषका लागि ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानका पसल छन् । 

साथै, डिपार्टमेण्टल स्टोर, कफीशपलगायतका ४० भन्दा बढीसंख्यामा स्तरीय स्टोरहरु मलमा सञ्चालनमा छन् ।