काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटडले शुक्रबार भक्तपुर नगरपालिका, वडा नं. ४, सूर्यविनायकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको समुद्घाटन बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले गरे । 

सो समारोहमा प्रमुख अतिथि भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष केपी अवाल तथा अतिथि भक्तपुर नगरपालिका, वडा नं. ४ का अध्यक्ष कुमार चौवालले एनसीसी बैंकको शाखा सूर्यविनायकमा संचालन भएकोले यहाँका व्यापारी, व्यवसायी तथा सर्वसाधारणलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

सो समारोहमा स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सूर्यविनायकमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यापार व्यवसायमा टेवा पुर्याउने उद्देश्यले बैंकको शाखा संचालन गरिएको जानकारी गराए ।

बैंक संचालक समितिका सदस्य तथा अन्य आमन्त्रित उद्यमी, व्यवसायी तथा बैंकका पदाधिकारीहरुको उपस्थितिमा उक्त शाखाको समुद्घाटन कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।

साथै, २०७४ आश्विन ८ गते आइतवार काठमाण्डौं महानगरपालिका, वडा नं. ६ रामहिटी, सिमलटारमा अर्को शाखाको समुद्घाटन गर्ने कार्यक्रम रहेको समेत बैंकले जानकारी गराएको थियो ।