काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले यही बुधबार विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा आइफिल्क्ससँग सहकार्यको घोषणा गरेको छ । 

यो सहकार्य अन्तर्गत, एनसेलका ग्राहकले बिहीबार (असोज २६)देखि तीन महिनासम्म आईफ्लिक्सको विश्वस्तरीय सेवामा असीमित पहुँचको मज्जा लिन सक्नेछन् ।

तीन महिनाको समयावधिमा एनसेलका ग्राहकले राति १२ बजेदेखि बिहान ५ बजेसम्म एनसेलको डेटा सेवा प्रयोग गरी आईफ्लिक्समा रहेको कुनै पनि सामाग्री निःशुल्क हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । यसका साथै एनसेलका फोरजी ग्राहकले हरेका दिन बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म थप २ घण्टा आईफ्लिक्सको निःशुल्क मज्जा लिन सक्नेछन् ।

‘‘आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय मनोरञ्जन प्रदान गर्न आईफ्लिक्ससँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौ । देशका विभिन्न १९ सहरमा फोरजी सेवाविस्तार पश्चात गरिएको यो सहकार्य डिजिटल नेपाल निर्माणको कार्यमा योगदान पुर्याउन एनसेल प्रतिबद्घ रहेको प्रमाण हो र यो सेवाले डेटा तथा कन्टेन्टको बढ्दो मागलाई सम्बोधन गर्नेछ,’’ एनसेलका कर्पोरेट सर्भिसेस् डाइरेक्टर प्रणय आचार्यले भने ।

एनसेलले आईफ्लिक्स अफर ल्याइएको अवसरमा करसहित मात्र रु ५० मा १ घण्टाको भिडियो प्याक पनि ल्याएको छ । यो प्याकअन्र्तगत ग्राहकले  आईफ्लिक्समा रहेका कन्टेन्टहरुमध्य कुनै पनि कन्टेन्टको एक घण्टा सम्म मज्जा लिन सक्नेछन् र ग्राहकले आफ्नो आवश्यकताअनुसार यो प्याक जतिपटक पनि लिन सक्नेछन् ।

विश्वका विभिन्न २२० भन्दा बढी स्टुडियो तथा डिस्ट्रिब्युटरसँगको साझेदारीमा आईफ्लिक्सले ग्राहकमाझ उनीहरुले रुचाएका प्रसिद्ध, समीक्षकले सह्राएका अन्तर्राष्ट्रिय तथा स्थानीय टीभी सिरियल तथा सिनेमाको बृहद संगालो उपलब्ध गराउनेछ । जस्तै हलिउडबाट टिनवुल्फ, भाइकिङ् उपलब्ध हुनेछन् र बलिउडका सिनेमा जस्तै पिकु, क्रिस थ्रि र हिरोपन्थि जस्ता सामग्रीहरु रहनेछन् ।

नेपालमा आईफ्लिक्स सेवाको शुरुवात भएको अबसरमा, थुप्रै चर्चित सिनेमा तथा टीभी शोहरु नेपाली सबटाइटलमा पनि उपलब्ध हुनेछन् ।

“आईफ्लिक्स स्थानीय ग्राहकहरुको मनोरञ्जनको माग पूूरा गर्न अत्यन्त संवेदनशील छ । हाम्रो सामाग्रीको विशाल संकलनबाट विश्वका उत्कृष्ट टीभी शो तथा सिनेमा नेपाली दर्शक तथा ग्राहकलाई आफ्नै रोजाईको डिभाइसमा डाउनलोड वा स्ट्रिम गर्ने सुविधा प्रदान गर्न हामी दत्तचित्त भएर लागेका छौं । यस सेवाका लागि एनसेल, नेपालको अग्रणी मोबाइल सेवाप्रदायकसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं, ” आईफ्लिक्सका लागि नेपालकी कन्ट्री लीड भावना घिमिरेले भनिन् ।

ग्राहकले गुगल प्ले वा आइओएस एप्पल स्टोरमा गई सजिलै आईफ्लिक्स एप डाउनलोड गर्न सक्छन् र आफ्नो इमेल वा फेसबुक अकाउन्ट प्रयोग गरी एपमा रजिष्टर गर्न सक्नेछन् । एप डाउनलोड गर्दा र कन्टेन्टहरु हेर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । एक पटकमा ग्राहकले आफ्ना ५ वटासम्म डिभाइसमा जस्तै मोबाइल, ट्याब्लेट, ल्यापटप, डेस्कटप र टीभीमा आईफ्लिक्स पहुँचको मज्जा लिन सक्छन् र एकै साथै दुईवटा डिभाइसमा विभिन्न सामाग्रीहरु हेर्न सक्नेछन् ।
 
के हो आईफ्लिक्स ?
विश्वको विकासशील बजारमा आईफ्लिक्स एउटा अग्रणी मनोरञ्जन सेवाप्रदायक हो, जसले प्रयोगकर्तालाई हजारौं टीभी शो, सिनेमा तथा अन्य धेरै सेवाको असीम पहुँच (अनलिमिटेड एक्सेस) प्रदान गर्दछ । सबैको प्रिय कमेडी, ड्रामा, के–ड्रामा, टर्किस ड्रामा, बलिउड, नलिउड, कार्टुन्स, सिनेमा, लाईभ खेलकूद, तथा हलिउडदेखि संयुक्त अधिराज्य, एशिया, मध्यपूर्व र अफ्रिकाका लोकप्रिय कार्यक्रम डाउनलोड वा स्ट्रिम गर्ने सुविधा हरेक व्यक्तिको आफ्नो औलामा पुर्याउने काम आईफ्लिक्सले गर्दछ । महिनाको एकपल्ट कम मासिक शुल्कमा ग्राहकले आफूलाई मनपर्ने कार्यक्रम ल्यापटप, ट्याब्लेट, टीभी आदीमा जहाँ पनि र जहिले पनि हेर्न पाउँछन् ।

हाल आईफ्लिक्सका सेवा मलेसिया, इण्डोनेशिया, फिलिपिन्स, थाईल्याण्ड, ब्रुनई, श्रीलंका, पाकिस्तान, म्यानमार, भियतनाम, मालदिभ्स, कुवेत, बहराईन, साउदीअरेबिया, जोर्डन, इराक, लेबनन, इजिप्ट, सुडान, कम्बोडिया, नाईजेरिया, घाना तथा नेपालमा उपलब्ध छन् ।