काठमाण्डौ । पाकिस्तानमा पहिलो मेट्रो रेल गुड्न थालेको छ । चीनको सहयोगमा पाकिस्तानको लाहौर सहरमा अत्याधुनिक मेट्रो रेल गुड्न थालेको हो । 

पाकिस्तानलाई चीनले यो उपहारको रुपमा दिएको हो । चीन पाकिस्तान इकोनोमिक करिडरमार्फत यसको कोच तथा इञ्जिन प्रदर्शन गरिएको थियो । यो परियोजनामार्फत चीनले पाकिस्तानमा रेल्वे, रोड र पाइपलाइन विकास गरिरहेको छ । 

यो अरेञ्ज लाइन मेट्रो रेल सर्भिस पूर्ण रुपमा अटोमेटिक तथा चालकरहित रहेको छ । यो पाकिस्तानको पहिलो मास ट्रान्जिट सिस्टम पनि हो । 

यो मेट्रोका संचालन आगामी २५ डिसेम्बरबाट नियमित गरिनेछ । करिब १.६ अर्ब अमेरिकी डलरको यो परियोजनाबाट प्रत्येक दिन ५ लाख मानिसले सहज यात्रा गर्न पाउनेछन् । 

यो परियोजनाका कारण पाकिस्तानले खासै ठूलो बोझ बोक्नुु नपरेको मिडियाहरुले जनाएका छन् । यो परियोजनाको कर्जा पाकिस्तानले २० वर्षमा तिरे पुग्नेछ । तथापि, पहिलो ७ वर्ष भने पाकिस्तानले केही पनि तिर्नुपर्ने छैन । 

यो मेट्रो २७ किलोमिटरको रुटमा चल्नेछ । कुल २७ ट्रेन चल्ने बताइएको छ । यसको गति ८० किलोमिटर प्रतिघण्टाको हुनेछ । यो रुटमा २६ स्टेशन हुनेछन् र पूरा यात्रा अढाई घण्टाबाट घटेर ४५ मिनेटमै तय हुनेछ । 

एक मेट्रो ट्रेनमा एकपटकमा १ हजार मानिसले यात्रा गर्न सक्नेछन् । सबै ओरेञ्ज लाइन टेनमा दिनभर २ लाख ५० हजार मानिसले यात्रा गर्न सक्नेछन् । भविष्यमा यो क्षमता बढाएर ५ लाख पुर्याइनेछ । 

यो मेट्रो प्रोजेक्टको मुख्य विशेषता यो छ कि यसको एयर कण्डिसन सिस्टममा उर्जाको खपत निकै धेरै हुनेछ ।