काठमाण्डौ । राप्तिभेरी विकास बैंकलाई गाभेर ज्योति विकास बैंकले आगामी कात्तिक ८ गतेदेखि संयुक्त कारोबार सुुरु गर्ने भएको छ । 

ज्योति विकास बैंकलाई राप्तिभेरी विकास बैंकलाई गाभ्ने सम्बन्धमा नेपाल राष्टबैंकले असोज २४ गते अन्तिम सहमति दिएको थियो । सहमति पाएपछि बुधबार एक सूचना प्रकाशित गर्दै ज्योति विकास बैंकले संयुक्त कारोबार कात्तिक ८ गतेदेखि सुचारु हुने जनाएको हो । 

ज्योति बैंकले राप्तिभेरीलाई १ बराबर १ सेयर स्वाप रेसियोमा गाभेको हो । एक्वीजिसनपछि ज्योति विकास बैंकको चुक्तापूँजी २ अर्ब ३५ करोड रुपैयाँ पुुग्नेछ । हाल यो बैंकको चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ ।