काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ को बित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक बन्न सफल भए पनि सिटिजन्स बैंक इन्टरनेशनलले लगानीकर्तालाई भने निराश बनाइदिएको छ । 

यो बैंकले चालुु आर्थिक वर्षको पहिलो तीन महिनाको बित्तीय विवरण मंगलबार सार्वजनिक गरेको हो । जस अनुसार यो बैंकको घाटा गत वर्षको यही अवधिको तुलनामा घट्न पुुगेको छ । 

गत आबको पहिलो त्रैमासमा ३४ करोड ५१ लाख खूद नाफा आर्जन गरेको बैंकले यो वर्ष सोही अवधिमा ३१ करोड ९० लाख मात्र नाफा कमाउन सक्यो । तर, गत वर्ष भने संभावित जोखिम व्यवस्थापनबाट निकै ठूलो रकम राइट ब्याक भएकोले नाफा बढेको देखिएको बैंकका एक अधिकारीले बताए । बैंकको संचालन खर्चतर्फको वृद्धि समेत निकै धेरै देखिएकोले नाफा खुम्चिएको उसको वित्तीय विवरणमा देखिन्छ । 

बैंकले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी भने बढेको छ । गत वर्षको पहिलो त्रैमासमा ४३ करोड ५९ लाख खूद ब्याज आम्दानी भएकोमा यो वर्ष बढेर ४८ करोड १४ लाख पुुगेको छ । 

यो अवधिमा ५४ अर्ब ६३ करोड निक्षेप संकलन गरी बैंकले ५० अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ५० अर्ब ३१ करोड निक्षेप संकलन गरी ४३ अर्ब ७३ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकको खराब कर्जा भने बढेको छ । गत वर्ष यही अवधिमा १.७३ प्रतिशत रहेको खराब कर्जा बढेर यो वर्ष १.९९ प्रतिशत पुुगेको छ । अघिल्लो वर्ष ४.३४ प्रतिशत रहेको बैंकको कस्ट अफ फण्ड यो वर्षको पहिलो त्रैमासमा बढेर ८.०२ प्रतिशत पुुगेको छ । 

यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५.९० रुपैयाँ प्रतिसेयर नेटवर्थ १२१.०२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९.३१ गुुणा कायम भएको छ ।