काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो इकमर्स कम्पनी अमेजन डटकमका संस्थापक तथा विश्वका सर्वाधिक धनी व्यक्ति जेफ बेजोसले कम्पनीमा रहेको आफ्नो १.३ प्रतिशत सेयर स्वामित्व बिक्री गरेका छन् । मिडिया रिपोर्टका अनुसार बेजोसले अमेजनको १० लाख कित्ता सेयर बिक्री गरेर ११० करोड डलर जुटाएका छन् । सेयर बिक्री गरेर जुटाइएको रकम उनले आफ्नो अन्तरिक्ष मिसन कार्यक्रमका लागि खर्च गर्ने बताइएको छ । 

विश्वका सर्वाधिक धनी बेजोसको सपना विश्वका मानिसहरुलाई अन्तरिक्षमा पठाउनुु रहेको छ । यसका लागि उनले ब्लूू ओरिजिन नामको कम्पनी स्थापना गरेका छन् । यो मिसनको उद्देश्य मानिसहरुलाई अन्तरिक्षको यात्रा गराउनुु हो । आफ्नो यही सपनालाई साकार पार्न उनले अप्रीलमै भनेका थिए कि अमेजनमा रहेको आफ्नो केही हिस्सेदारी बिक्री गरेर स्पेसशिप प्रोजेक्टका लागि फण्ड जुटाइनेछ । अब कम्पनीको बेजोसको सेयर स्वामित्व १६.४ प्रतिशत रहेको छ । 

अमेजनको सेयर मूल्यमा उछाल आएका कारण उनले केही दिनअघि मात्र विश्वका सर्वाधिक धनी बिल गेट्सलाई पछार्दै विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । ब्लुुमबर्ग को बिलियनर्स इण्डेक्सका अनुसार बेजोसको कुल सम्पत्ति ९४.६ अर्ब डलर रहेको छ । गेट्सको कुल सम्पत्ति ८८.४ अर्ब डलर रहेको छ । 

बेजोसको अन्तरिक्ष कार्यक्रम सन् २०१९ अप्रीलदेखि सुरु हुने ब्लुु ओरिजिन कम्पनीको सीइओले जनाएका मिडिया रिपोर्टमा उल्लेख छ ।