काठमाण्डौ । किसान माइक्रोफाइनान्स बित्तीय संस्थाको खूद नाफामा पहिरो गएको छ । नाफामा पहिरो जाँदा प्रतिसेयर आम्दानी खुम्चिएर लाजमर्दो अवस्थामा पुुगेको छ । 

कैलालीमा मुख्य कार्यालय रहेको यो माइक्रोफाइनान्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ लाख ११ हजार मात्र खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा ४१ लाख ९४ हजार थियो । 

समीक्षा अवधिमा यो कम्प्नीले १ करोड ५४ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ करोड २९ लाखमा सीमित थियो । 

धेरै बित्तीय संस्थाहरुको ब्याज खर्च अचाक्ली बढ्दा यो कम्पनीले भने नियन्त्रणमा राखेको देखिएको छ । अघिल्लो वर्ष १ करोड ६९ लाख रहेको ब्याज खर्च घटेर १ करोड ४३ लाखमा समीति बन्न पुुगेको छ । 

कर्मचारी खर्च र अन्य संचालन खर्चमा अचाक्ली वृद्धि हुँदा यो कम्पनीको नाफामा पहिरो गएको देखिएको छ । 

कम्पनीको संचालन मुनाफामा समेत उस्तै पहिरो गएको छ । अघिल्लो वर्ष ६५ लाख ९० हजार रहेको यस्तो मुनाफा घटेर १७ लाख ८६ हजारमा सीमित बन्न पुुगेको हो । 

यो माइक्रोफाइनान्सले समीक्षा अवधिमा १७ करोड ४१ लख निक्षेप संकलन गरी तथा ६६ करोड २० लाख सापटी लिई ६८ करोड ५९ लाख कर्जा परिचालन गरेको छ । 

अघिल्लो वर्ष कम्पनीले १० करोड १८ लाख निक्षेप संकलन गरी तथा ४४ करोड ४७ लाख सापटी लिई ४८ करोड ९४ लाख कर्जा परिचालन गरेको थियो । 

खूद र संचालन नाफा घटे पनि कम्पनीले जगेडाकोषलाई भने मजबुत बनाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ६४ लाख ९२ हजार रहेको कोषमा समीक्षा अवधिमा २ करोड ८५ लाख जम्मा भएको छ । 

कम्पनीमा खराब कर्जा थुप्रिएको छ । अघिल्लो वर्ष यस्तो कर्जा ०.७४ प्रतिशत रहेकोमा बढेर यो वर्ष १.२२ प्रतिशत पुुगेको छ । ५.३३ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ७.७१ प्रतिशत पुुगेको छ भने १०.८५ प्रतिशत रहेको इक्वीटीमा प्रतिफल घटेर २.१३ प्रतिशतमा सीमित बन्न पुुगेको छ । 
दोश्रो बजारमा प्रतिकित्ता २२०० रुपैयाँ माथि कारोबार भइरहेको यो कम्पनीको प्रतिसेयर आम्दानी ३.७६ रुपैयाँमा सीमित बन्न पुुगेको छ । प्रतिसेयर नेटवर्थ १८८.७२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६६४.४२ गुुणा कायम भएको छ ।