काठमाण्डौ । अमेरिकामा नेपालीले स्थापना गरेको सोसल इकमर्स साइट सगुनले विश्व बजारमा सेयर जारी गरेपछि यसमा लगानी गर्ने कि नगर्ने भन्नेमा धेरै लगानीकर्ता दोधारमा छन् । सगुनले यही नोभेम्बर महिनाभर सर्बसाधारणका लागि सेयर बिक्री गर्ने जनाएको छ ।

सेयर किन्न चाहने विश्वभरका लगानीकर्ताले https://www.sagoon.com/invest?utm_source=bizshala&utm_medium=Ads&utm_campaign=2ndround-bizshala  मा दिइएको फर्म भरेर लगानी गर्न सक्नेछन । तर, कसरी कमाउला सगुनले ? कति नाफा दिनसक्ला ? आम लगानीकर्ता अझै अन्यौलमै छन् । 

कुनै समय फेसबुकको अवस्था अहिलेको सगुनको जस्तै थियो । फेसबुकले यसका संस्थापक मार्क जकरबर्गलाई संसारकै कम उमेरको धनीको सूचीमा ल्याइदिएको छ । यति मात्र हैन, त्यतिखेर फेसबुकमा १ हजार डलर लगानी गर्नेले एक दशक नबित्दै १० लाख डलरभन्दा बढी कमाइसकेका छन् । एकछिन हेरौं सगुनको रेभेन्यु मोडललाई । सगुनले ३ वटा रेभेन्यु सेयरिङ मोडल बनाएको जनाएको छ । एउटा फेसबुकले गर्ने जस्तो ब्यानर एडभरटाइजिङ । ‘हामी एप्लिकेसन्सको स्टोरीसँग म्याच हुने खालका एड राख्छौं, सगुनका संस्थापका गोविन्द गिरीले भने, ‘हामीले राख्ने विज्ञापन ज्ञानमा आधारित हुनेछ ।’ 

अर्को, कुरा सगुनले सोसयल स्मार्ट कार्डले गिफ्ट कार्डलाई रिप्लेस गर्न खोजेको छ । जस्तो, अमेरिकामा गिफ्ट कार्डमा १ अर्ब डलर बर्षेनी खेर जाने गर्छ ।  साथीभाइ वा आफन्तले बर्थडे, म्यारिज एनिभर्सरीलगायतका अवसरमा दिएको गिफ्ट कार्डको रकम त्यति धेरै प्रयोगमा आउँदैन ।

सगुनले त्यस्ता कार्डलाई प्रयोगमा ल्याउन खोजेको छ । तपाईंले प्राप्त गर्नु भएको गिफ्ट कार्डलाई सगुनको स्मार्ट कार्डले स्क्यान गरिदिन्छ । त्यसमा कुन भेण्डरको कति मूल्यको कार्ड हो, सगुनको लिस्टले देखाउनेछ । मोवाइलमा हुने डिजिटल कार्ड चौबीसै घण्टा तपाईंसँग हुन्छ । त्यसलाई जुनसुकै समय तपाईंले रिडिम गर्न सक्नु हुन्छ ।

अमेरिकामा कुपन मार्केट अर्बौको छ । जस्तो, कुनै स्टोरमा गएर कसैले १ सय डलरको सामान किन्यो भने तुरुन्त २० डलरको कुपन दिइन्छ । उसले त्यति रकमको कुपन एक साताभित्रै अर्को कुनै सामान खरिद गर्दा प्रयोग गर्नु पर्छ । अहिले सामान किनेको मान्छे सात दिनभित्रै फेरि किन्न जाँदैन । त्यसो गर्दा कैयौं कुपन खेर जान्छन् । सगुनको स्मार्ट सोसल कार्डको डिजाइन त्यस्ता कुपनको स्क्यान गर्ने गरी गर्न लागिएको छ । त्यस्तो कुपन परिवारका सदस्यलाई रिडिम गर्न दिन सकिने सगुनका संस्थापक गोविन्द गिरी बताउँछन् । 

अहिले जहाँ बसेर लगानी गरेको भए पनि सगुनको सेयर किनबेच हुन थालेपछि लगानीकर्ताले त्यतिखेर आफू रहेको ठेगानामै प्रतिफल पाउने सगुनका संस्थापक गिरीको भनाई छ । उनले सगुनमा लगानी गर्ने सबैले आफ्नो जीवनमा ठूलो परिवर्तन आएको अनुभव गर्ने दाबी गरे । 

नेपालबाट लगानी गर्न नपाए पनि बिदेशमा बस्ने र बैंक खाता भएका नेपालीहरुले यसमा लगानी गर्न सक्नेछन् । अहिले पनि बिभिन्न देशबाट गैरआवासीय नेपालीहरुले सगुनमा लगानी गरेका छन् । 

सगुनले यसका प्रयोगकर्तालाई उनीहरुले सगुन चलाउँदा कमाइ गरिदिएको रकमको केही हिस्सा प्रयोगकर्तालाई बाँड्ने फरक खालको योजना ल्याएको छ । यसको अर्थ सगुनमा स्ट्याटस राख्दा, सेक्रेट म्यासेज पठाउँदा, अरुको सामाग्री सेयर गर्दा पैसा पाउँछन् । यसले मानिसले सगुनमा बिताएको समय खेर जाँदैन । 

यसरी फरक खालको अवधारणा लिएको सगुनले अहिले सर्बसाधारणलाई सेयर बिक्री गरिरहेको छ । सगुनले अमेरिकाको पूँजी बजारको इतिहासमा ८० बर्षपछि पहिलो पटक सर्बसाधारणले लगानी गर्ने अबसर दिएको छ । अमेरिकामा अहिले देखिएका ठूला कम्पनीहरु फेसबुक, गुगल, स्न्याप च्याट, आबिएमलगायतका कम्पनीमा सुरुका दिनमा सर्बसाधारणले लगानी गर्न पाएका थिएनन् । तिनमा भेञ्चर क्यापिटालिस्ट र धनीहरुले मात्र लगानी गर्न पाएका थिए । 

सगुनले मिनी आइपिओमार्फत २ करोड डलरको सेयर बिक्री गर्ने योजना बनाएको छ । हरेक ब्यक्तिले २३ डलर प्रतिकित्ताका दरले कम्तीमा १ हजार डलरको सेयर  किन्न सक्छन् । सगुनले अमेरिकी नियामक सेक्युरिटी एक्स्चेञ्ज कमिसन(एसइसी)बाट अनुमति लिएर मिनी आइपिओ जारी गरेको हो । लगानी गर्न नोभेम्बर ३० तारिकसम्मको समय तोकिएको छ । 

गिरीले आगामी ५ वर्षभित्र सगुन १० अर्ब डलरको कम्पनी बन्ने दाबी गरेका छन् । ‘त्यतिखेर कम्पनीमा १ हजारभन्दा बढी कर्मचारी हुनेछन्।’ उनले भने, ‘हामीले बार्षिक २ करोड डलर आम्दानी गर्नेछौं । हाम्रा युजरको संख्या १ करोड बढी नाघ्नेछ ।’ 

थप प्रष्टताका लागि यो भिडियो हेर्नुहोस् :