काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंक लिमीटेडले प्रधानमन्त्री दैवी उद्धार कोषमा १० लाख ५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंक संचालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत तथा बैंकका अधिकृत तथा कर्मचारीहरूबाट संकलन गरिएको रु. १० लाख ५ हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरिएको हो ।

दर्जनौंको मृत्यू र हजारौं परिवार घरवारविहीन हुने गरी गत साउन र भदौ महिनामा आएको बाढीपहिरोपीडितलाई राहात प्रदान गर्ने उद्देश्यले उक्त रकम कोषमा प्रदान गरिएको बैंकले जनाएको छ ।

सहयोग रकम यही मंसिर ५ गतेका दिन बैंक सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यले प्रधानमन्त्री शेरबहादुुर देउवालाई एक समारोहकाबीच सहयोग रकम हस्तान्तरण गरे । सो अवसरमा बैंक सञ्चालक समितिका अन्य पदाधिकारी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीको समेत सहभागिता थियो ।