काठमाण्डौ । बंगलादेशका प्रमुख सूचनाआयुक्त प्राध्यापक एमडी गुलाम रहमानले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । 

अनौपचारिक भ्रमणमा आउनुभएका आयुक्तसहितको प्रतिनिधिमण्डललाई चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेकविक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । 

चन्द्रागिरिमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै आयुक्त रहमानले चन्द्रागिरि पर्वत आउँदा आफूूलाई भित्रैदेखि खुशी मिलेको कुरा उल्लेख गरेका छन् । मन्दिरसहितको उच्च चन्द्रागिरि पर्वत अत्यन्तै मनमोहक रहेको भन्दै आयुक्त रहमानले छुट्टी मनाउनेहरुका लागि नेपाल उपयुक्त गन्तव्य भएको प्रष्ट्याएका छन् । भ्रमणमा नेपाली समकक्षी राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा पनि सहभागी थिए ।