काठमाण्डौ । सोल्टी होटल लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । 

शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित एक सूचनाका अनुसार २०७३ मंसिर ९ गते बसेको बोर्ड बैठकले सेयरधनीलाई बोनस सेयर र नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । सोल्टी होटलको वार्षिक साधारणसभा आगामी मंसिर २५ गते आयोजना हुँदैछ । 

अघिल्लो आर्थिक वर्ष सोल्टी होटलले २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो होटलले ३ करोड १५ लाख खूद नाफा आर्जन गरेको छ । यो कम्पनीको चुक्तापूँजी ५२ करोड ६५ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी ५७ करोड ९१ लाख पुुग्नेछ ।