काठमाण्डौ । डिजिटल करेन्सी लाइटक्वाइनले क्रिप्टोकरेन्सीको सूचिमा चौथो स्थान हासिल गरेको छ । बजार पूँजीकरणको हिसाबले लाइटक्वाइन बिटक्वाइन, इथेरियम तथा बिटक्वाइन क्यासपछि विश्वकै चौथो सबैभन्दा महंगो क्रिप्टोकरेन्सी बन्न सफल भएको छ । 

एक अन्तराष्ट्रिय न्यूज पोर्टलमा उपलब्ध डाटाका अनुसार केही समयअघिसम्म ०.८८ लाख करोड रुपैयाँ बजार पूँजीकरणको साथ लिटक्वाइन २० हजार रुपैयाँ माथि कारोबार गरिरहेको थियो । अन्तरराष्ट्रिय बजारमा लिटक्वाइनको मूल्य करिब २५३ डलर रहेको छ । वार्षिक आधारमा हेर्दा डिसेम्बर १५ सम्म लिटक्वाइनको मूल्य ५७०० प्रतिशतले उचालिएको छ । जबकि यो अवधिमा बिटक्वाइनको मूल्यमा १५५० प्रतिशतको मात्र उछाल आयो । यही हिसाबले समेत विज्ञहरुले बिटक्वाइनलाई पछाडि छाडेर लिटक्वाइन अगाडि बढ्नसक्ने आँकलन गरिरहेका छन् । 

बिट क्वाइनको मूल्य भने १६ लाख रुपैयाँको आसपास पुुगिसकेको छ । 

के हो लाइटक्वाइन ?
लाइटक्वाइन एक पेयर टु पेयर क्रिप्टोकरेन्सी हो, जसलाई चार्ली लीले तयार गरेका हुन् । ली यसअघि गुुगलका कर्मचारी तथा काइनबेस नामको कम्पनीमा इञ्जिनियरिङ विभागको निर्देशक भइसकेका व्यक्ति हुन् । काइनबेस विश्वका ठूला एक्सचेञ्जमध्ये एक हो । यो एक्सचेञ्जले बिटक्वाइन र लिथेरियमलाई पहिलोपटक सूचिकृत गरेको थियो । 

लाइटक्वाइन नेटवर्कमा ८ करोड ४० लाख करेन्सी युनिट्सको सीमा निर्धारण गरिएको हुन्छ । 

प्राविधिक कार्यान्वयनको हिसाबले लाइटक्वाइन बिटक्वाइनसँग निकै धेरै मेल खान्छ । माइनिंगमार्फत नयाँ लाइटक्वाइनको  सिर्जना गर्न समेत यो नेटवर्कमा संभव हुन्छ । 

डच बैंकको वेल्थ म्यानेजमेन्टका अनुसार लाइटक्वाइनको वृद्धिदर पछिल्लो कालमा निकै उच्च छ । यसको वृद्धिको गति बिटक्वाइनको तुलनामा ४ गुणा बढी तीव्र छ । लाइटक्वाइनको एक ब्लक २.५ मिनेटमा तयार हुन्छ । यसले कारोबार खर्च कम पर्छ, किनभने यसमा लेनदेनको पुष्टि निकै चाँडो हुन्छ ।