काठमाण्डौ । क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा उछालका बीच केही दिनमै मेगास्टार अमिताभ बच्चनको सम्पत्ति लगभग ९१० करोडले बढेको थियो, तर केही दिनमै उनको ६५० करोड रुपैयाँको सम्पत्ति डूब्न पुुगेको छ । अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार यसको मुख्य कारण भने क्रिप्टोकरेन्सीको बजारमा जोडिएको एक अञ्जान कम्पनी बनेको छ, जसमा बिग बी बच्चनको सामान्य हिस्सेदारी छ । 

यसरी डूूब्यो ६५० करोड
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार अमिताभ बच्चन लामो समयदेखि भारतको सानो सूचिकृत कम्पनी स्ट्याम्पेडका एक सेयरहोल्डर हुन् । यसका संस्थापकले हालै अमेरिकामा एक कम्पनी लंगफिनलाई सूचिकृत गराए, जसको सेयरमा दुुई दिनको अवधिमा २५०० प्रतिशतको तीव्रता रेकर्ड गरिएको छ । अमेरिकाको यो कम्पनीले हालै सिंगापुरको एक कम्पनी जिड्डू डटकमलाई अधिग्रहण गरेको थियो, यसमा समेत बच्चनको अप्रत्यक्ष होल्डिंग थियो । यो डिल र क्रस होल्डिंगको क्रममा एक समय बिग बीको होल्डिंगको मूल्य ९१० करोड भारु थियो, जुन अब २६० करोडमा सीमित बन्न पुुगेको छ । 

बिटक्वाइनसँग जोडिएका अमिताभ
अहिले भारतमा मात्र होइन, विश्वभर बिटक्वाइनजस्ता भर्चुअल करेन्सीको बिषय हटकेक बनेको छ । लाखौं भारतीयहरु बिटक्वाइनको कारोबारमा संलग्न छन् । यस्तो अवस्थामा अमिताभ देशका संभवत यस्ता पहिलो ठूला हस्ती हुन्, जसको नाम बिटक्वाइनसँग जोडिएको छ । उनले करिब ४ वर्षअघि बिटक्वाइनमा गरेको सानो लगानीबाट यो कुरा बाहिर आएको हो या उनको नाम बिटक्वाइनसँग जोडिएको हो । यसको सम्बन्ध हैदरावादको एउटा कम्पनी स्ट्याम्पेड क्यापिटलसँग रहेको छ, जसले आफूलाई रिसर्चमा आधारित ग्लोबल टेड हाउस तथा लिक्वीडिटी उपलब्ध गराउने तथा मार्केट मेकरको रुपमा आफूलाई प्रस्तुत गर्छ । 

पीटीआईका अनुसार आफ्नो रेगुलेटरी फाइलिंगमा यो कम्पनीले बच्चनलाई आफ्नो इन्डिभिजीयोल ननप्रमोटर सेयरहोल्डर बताएको छ, जसको साथमा गत त्रैमासको अन्तसम्म कम्पनीको २.३८ प्रतिशत हिस्सेदारी थियो ।

बिएसईको रेकर्ड अनुसार बच्चन सन् २०१४ को जुन महिनादेखि सो कम्पनीको सेयरधनीको सूचिमा रहेका छन् । तथापि, उनको हिस्सेदारी लगातार परिवर्तन भइरहेको छ । २०१४ को ३० जुनसम्म कम्पनीमा बच्चनको हिस्सेदारी ३.३९ प्रतिशत रहेको थियो, जसको मूल्य त्यो समयमा लगभग ९ करोड भारु थियो । तर, उनको हालको होल्डिंगको मूल्य लगभग ४.७ करोड मात्र रहेको छ । 

अमेरिकाको फर्ममा सूचिकृत हुँदा फाइदै फाइदा
बच्चनको सम्पत्ति बढ्ने मुख्य कारण स्ट्याम्पपेड हो, जसले आफ्नो सब्सिडरी लंगफिन कर्पलाई अमेरिकाको नेस्डेक एक्सचेञ्जमा सूचिकृत गराएको थियो । गत अफ्ता २.५ डलर प्रति इस्यूूको दरबाट बिक्रीपछि सूचिकृतको समयमा लंगफिनको बजार पूँजीकरण ३७ करोड डलर थियो । लंगफिनमा स्ट्याम्पपेड कम्पनीको हिस्सेदारी ३७.१४ प्रतिशत रहेको छ, र स्ट्याम्पपेड कम्पनीमा हिस्सेदारी भएका कारण बच्चनलाई समेत अमेरिकामा सूचिकृत कम्पनीको फाइदा प्राप्त भयो ।