काठमाण्डौ । प्रूडेन्सियल इन्स्योरेन्स कम्पनीले आज(पुस १६ गते)देखि हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । 

कम्पनीले १ कित्ता सेयर बराबर ०.३० कित्ताको दरले हकप्रद सेयर निश्कासन गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ८३ हजार ४० कित्ता सेयरको बिक्री खुलाएको छ । इच्छुक सेयरधनीले माघ २१ गतेभित्र तोकिएको स्थानबाट हकप्रद खरीदका लागि आवेदन दिनसक्नेछन् । 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइसी एशिया क्यापिटल लिमीटेड रहेको छ । इच्छुक सेयरधनीले एनआइसी एशिया क्यापिटलको बबरमहलस्थित मुख्य कार्यालय, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्वा सेवामा सहभागी सबै बैंक तथा बित्तीय संस्था र तिनका शाखाहरु, प्रूडेन्सियल इन्स्योरेन्सका सबै शाखा कार्यालयबाट हकप्रद खरीदका लागि आवेदन दिन सक्नेछन् ।

हाल यो कम्पनीको चुक्तापूँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँ छ । हकप्रदपछि ५५ करोड ५९ लाख ८४ हजारको उचाईमा पुुग्नेछ । 

यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ८०० रुपैयाँ रहेको छ ।