काठमाण्डौ । स्मार्टफोन प्रयोगकर्ताको संख्या बढेसँगै यसको रेखदेख गर्ने शैली समेत परिवर्तन हुन थालेको छ । स्मार्टफोन चलाउनेका लागि एक अति आवश्यक र महत्वपूर्ण चिज त्यसको ब्याट्री पनि हो, जसको बिषयमा निकै ध्यान दिन आवश्यक हुन्छ । किनभने मोवाइल फोनको ब्याट्रीको बिषयमा हामीमाझ कयौं भ्रमहरु छन् । तपाईलाई जानकारी होस् कि स्मार्टफोनको ब्याट्रीमा बिस्फोट हुने कयौं कारण समेत हुनसक्छन् । यस्तोमा जबसम्म तपाईको फोनको चार्जरले ठीक ढंगले काम गरिरहेको हुन्छ, तबसम्म स्मार्टफोनको ब्याट्रीमा कुनै नोक्सानी हुँदैन, चाहे चार्जर जुनसुकै कम्पनीको किन नहोस् । तर ओरिजिनल चार्जर खराब भयो भने ब्याट्री समेत खराब हुनसक्छ । 

भ्रम नम्बर १
धेरैबेरसम्म चार्ज गर्दा ब्याट्री खराब हुन्छ ।

यथार्थ
प्राय धेरैबेरसम्म चार्ज गर्दा ब्याट्री खराब हुन्छ भनिन्छ, तर यथार्थ यस्तो होइन । हिजोआज स्मार्टफोनमा आउने ब्याट्री धेरै चार्ज गर्दा बिग्रने खालको हुँदैन । यो भ्रमबाट मुक्त हुन आवश्यक छ। 

भ्रम नम्बर २
चार्ज गरिरहेको बेला स्मार्टफोनको प्रयोग गर्नुहुँदैन । यसो गर्दा ब्याट्री विस्फोट हुनसक्छ र ब्याट्री तात्तिनसक्छ ।

यथार्थ
चार्ज भइरहेको समयमा स्मार्टफोन प्रयोगगर्दा ब्याट्री विस्फोट हुनसक्ने वा फोन औधी तात्नसक्छ भन्ने कुरा भ्रम मात्र हो । बरु, स्मार्टफोनको हार्डवेयरमा खराबी हुने भएका कारण यस्ता समस्या आउँछन् ।

भ्रम नम्बर ३
मोवाइलको सम्पूर्ण ब्याट्री सकिएपछि मात्र चार्ज गर्नुहोस् । 

यथार्थ
यो गलत धारणा हो । यदि तपाई पनि यस्तै ठान्नुुहुन्छ र आफ्नो स्मार्टफोनलाई चार्ज गर्न त्यसको ब्याट्री जीरो प्रतिशतमा पुुगोस् भन्ने चाहनुुहुन्छ भने यस्तो काम नगर्नुहोस् । यसो गर्दा ब्याट्री को टिकाउ क्षमतामा ह्रास हून्छ ।

भ्रम नम्बर ४
बारम्बार स्मार्टफोन स्वीच अन र अफ गर्दा ब्याट्री बिग्रन्छ । 

यथार्थ
यस्तो कहिल्यै हुँदैन । यो ब्याट्रीको नर्मल नेचर नै हो कि यदि तपाईले फोनलाई स्वीच अफ गरिदिनुुभयो भने एक निश्चित समयपछि त्यसको ब्याट्री आफैं कम भइदिन्छ ।

भ्रमनम्बर ५
बारम्बार चार्ज गर्दा ब्याट्री खराब हुन्छ ।

यथार्थ
स्मार्टफोनको ब्याट्रीको ब्याकअप कम हुन्छ । यस्तै, इन्टरनेटको प्रयोग तथा धेरै फिचर्सका कारण ब्याट्री चाँडै सकिनसक्छ । यस्तो अवस्थामा प्रयोगकर्ताले बारम्बार ब्याट्री चार्ज गर्नुपर्ने हुनसक्छ । यस्तो प्रक्रियाले ब्याट्रीमा कुनै पनि असर पर्दैन । 

भ्रम नम्बर ६
धेरै इन्टरनेट प्रयोग गर्दा ब्याट्री चाँडै सकिन्छ । 

यथार्थ
नेट सर्फिङबाट ब्याट्रीमा धेरै असर पुुग्दैन । तर यदि तपाईले यूट्यूवमा भिडियो हेरिरहनुुभएको छ वा डाउनलोडिङसँगै फेसबुक चलाइरहनुुभएको छ भने ब्याट्री चाँडै नै सकिन सक्छ ।

भ्रम नम्बर ७
ब्याट्रीलाई आइसमा राख्दा यसको टिकाउ क्षमता बढ्छ ।

यथार्थ
हिजोआज जुन ब्याट्री स्मार्टफोनमा आउँछ, त्यसलाई धेरै बढी तापक्रम वा धेरै कम तापक्रममा राख्दा हैरानी हुनसक्छ । यस्तो अवस्थामा केही समय ब्याट्रीलाई फ्रिज वा आइसमा राख्दा त्यसको टिकाउ क्षमता बढ्छ भन्ने कुरा भ्रम मात्र हो । हिजोआजका ब्याट्रीका लागि तपाईको कोठाको तापक्रम नै उचित तापक्रम हो ।

भ्रम नम्बर ८
नयाँ फोनलाई अफ गरेर चार्ज गर्नुपर्छ । 

यथार्थ
नयाँ फोन खरीद गरेपछि तपाईलाई जो कोहीले सल्लाह दिन्छ कि तपाईले फोनलाई स्वीच अफ गरेर फूल चार्ज गर्नुपर्छ । वास्तवमा यस्तो गर्न आवश्यक हुँदैन । यसबाट कुनै पनि फाइदा हुँदैन । बरु फोनमा जति ब्याट्री आउँछ, त्यसलाई तपाई प्रयोग गर्नुहोस्, र फेरि त्यो समाप्त भएपछि मात्र चार्ज गर्नुहोस् । त्यसपछि मात्र तपाईको फोन अफ गरेर चार्ज गर्नुहोस् ।