काठमाण्डौ । मञ्जुश्री फाइनान्सले आफ्ना  सेयरधनीलाई ६ प्रतिशतका दरले बोनस सेयर दिने घोषणा गरेको छ । 

यो फाइनान्सको पुस २८ गते बसेको १४८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।

हाल यो कम्पनीको चुक्तापूँजी ७२ करोड ४३ लाख रुपैयाँ रहेको छ । यो हिसाबले कम्पनीले ४ करोड ३४ लाख बढीको बोनस सेयर वितरण गर्नेछ । 

यो कम्पनीले हाल कायम चुक्तापूँजीको ५ प्रतिशतले हुन आउने ३ करोड ६२ लाख बराबरको हकप्रद सेयर निश्कासनको प्रक्रिया समेत सुरु गरिसकेको छ । हकप्रदका निश्कासनका लागि कम्पनीको विशेषसाधारणसभाले स्वीकृति दिइसकेको छ भने धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा रहेको छ ।

प्रस्तावित हकप्रद र बोनस सेयरको पूँजीकरणपछि कम्पनीको चुक्तापूँजी ८० करोड माथि पुग्नेछ।